१४ बैशाख २०८१, शुक्रबार
Header

उपत्यकामा नेवार समुदायले गठामुंगः धुमधामसँग मनाउँदै


प्रकाशित: मंगलवार, १४ साउन २०७६, १०ः२२ बजे
- महानगरखवर

काठमाडौं । उपत्यकामा मंगलवार उपत्यकामा नेवार समुदायले गठामुंगः धुमधामसँग मनाउँदै छ । 


साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउने गरिन्छ ।


यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन ।


यस दिन तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ ।


भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गरिन्छ । घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ । 


बौ वाय् ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । 


घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।


घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ््रवालीको  मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक–चोकमा ठड्याएर राखिन्छ । 


काठमाडौँ उपत्यकामा करीब दुई हजार वर्षअघिदेखि यो पर्व मनाउँदै आएको संस्कृतिविदले बताएका छन । यस पर्वलाई मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD