१६ चैत्र २०८०, शुक्रबार
Header

उपत्यकामा डेंगु सार्ने लामखुट्टेको विगविगी, ५९ विरामी भेटिए


प्रकाशित: आईतबार, ८ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । चितवनको भरतपुरमा एक ७१ बर्षीय एक बृद्धको डेंगुबाट शनिवार मृत्यु भएसँगै डेंगुबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।


यस अघि डोटीको दिपायलस्थित सिलगढी नगरपालिका –६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको पनि डेंगु संक्रमणबाटै गत साता मृत्यु भएको थियो । 


देशका विभिन्न भागमा डेंगुको संक्रमण फैलिरहेका विच काठमाडौं उपत्यकामा डेंगु सार्ने लामखुट्टेको विगविगी रहेको चिकित्सकहरुले बताएका छन । 


चिकित्सका अनुसार काठमाडौं उपत्यकामा डेंगुको उच्च जोखिममा छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुरलगायत प्रदेश नम्बर ३ मा डेंगुको संक्रमणका बिरामी देखिएका छन । 


पानी जम्ने खाल्डो, पानी भरेर राखिएका भाँडाहरूमा लामखुट्टे हुर्कने भएकोले डेंगु नियन्त्रणमा समस्या देखिएको हो।


शुक्रबारसम्म काठमाडौं उपत्यकामा डेंगुका ५९ बिरामी भेटिएका चिकित्सकले बताएका छन । उपत्यकाभित्र २३ केश देखिएको छ भने बाहिरबाट आएका ३६ जना बाहिरबाट आएका छ । 


डेंगु लागेपछि ज्वरो आउने, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्षण देखा पर्छ । समयमै स्वास्थ्य संस्था गएर चिकित्सकलाई नदेखाए बिरामीको मृत्युसमेत हुन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD