काठमाडौं । उपत्यकामा केही समययता ट्रिपर आतंक बढेपछि दिउँसोको समयमा ट्रिपर चलाउन नपाइने भएको छ ।
गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।
गृहमन्त्री राम बहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले संचारमाध्यमहरुलाई दिएको जानकारी अनुसार साउन १ गतेबाट राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन गर्न पाईनेछ ।
उपत्यकामा दैनिकजसो ट्रिपरको ठक्करबाट दुर्घट्ना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।
गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन ।
Categorized in समाज