७ जेठ २०८१, सोमबार
Header

उपत्यकामा घर फोरेर चोरिएको गरगहना न्यूरोडमा बिक्री, १० जना पक्राउ 


प्रकाशित: बुधवार, ११ पुष २०७५, १०ः१९ बजे
- महानगरखबर

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा घर फोरेर गरगहना चोरी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 


महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरीे कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक्राउ गरेको हो । 


वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु क्षेत्रमा चोरी गर्नेलाई चार दिनको खोजतलासपछि पक्राउ गरिएको हो । 


प्रहरीका अनुसार चोरी गहना न्यूरोडस्थित गौतम मन्नाको पसलमा बिक्री गर्ने गरेको खुल्न आएको छ । पसलेले गहनाको स्वरुप परिवर्तन गरी ग्राहकलाई बेच्ने गरेको प्रहरीले जनाएको छ । 


पक्राउ परेकाबाट प्रहरीले सुनको ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, सुनको बेरुवा औँठी एक थान, सुनको झुम्का एक जोर, तिलहरी एक थान, सुनको जन्तर दुई थान, मोबाइल सात थान, नगद रु ९४ हजार, घडी पाँच थान तथा पर्स एक थान बरामद गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD