काठमाडौं । उपत्यकाभित्र डेंगु रोग सार्ने लामखुट्टे भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तीन महिनामा यता उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन । यो लामखुट्टेले दिउँसो मानिसलाई टोक्ने गर्दछ ।
अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी देखिएको छ ।
काठमाडौंको बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको महाशाखका अधिकारीले जनाएका छन ।
यस रोगको मुख्य लक्षणहरु ज्वरो आउनु, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता समस्या देखा पर्दछ । यसको लागि छुट्टै औषधी नहुने हुनाले अस्पतालमा गएर उपचार गर्नु पर्दछ ।
डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृत्युसमेत हुन सक्छ । उपत्यकाबाहिर मकवानपुर, कास्की, सुनसरी, उदयपुरमा डेंगु देखिएको छ ।
डेंगु नियन्त्रणका लागि सरकारी स्वास्थ्य अधिकारीहरु छलफलमा रहेका छन ।
Categorized in स्वास्थ्य