१३ बैशाख २०८१, बिहिबार
Header

उपत्यकाबाट हुने आवत–जावतमा कडाई गर्नुपर्नेः प्रमुख शाक्य


प्रकाशित: सोमवार, २२ बैशाख २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकाबाट हुने आवत–जावतमा कडाई गर्नुपर्ने वताएका छन । 


प्रमुख शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेकोले आवागमनमा कडाई गर्नुपर्नेमा जोड दिदै चिन्ता व्यक्त गरेका छन । 


केही दिनयता नेपालगञ्ज, वीरगञ्जलगायतका स्थानमा कोरोना संक्रमित बढिरहता आवागमनमा नरोकिने हो संक्रमणको खतरा वढ्ने प्रमुख शाक्यको भनाई छ । 


प्रमुख शाक्यले जिल्लाबाट काठमाडौं फर्कनेको संख्या बढ्दै जाने हो भने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने र त्यसले झन जटिलता सिर्जना गर्नेतर्फ पनि सचेत रहन सबैलाई आग्रह गरे । 


काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले थप समस्या सिर्जना गर्न सक्ने भएकोले यस्तो बेलामा सबै राजनीतिक दलले दल भन्दा माथि उठेर सामूहिक धारणसहित समाधानको बाटो खोज्नुपर्ने प्रमुख शाक्यले वताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD