३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपत्यकाबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण (फोटो फिचर) 


प्रकाशित: विहिवार, १० पुष २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा विहान ८ः४२ मिनेटबाट खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । 


काठमाडौको कीर्तिपुरबाट सुर्य ग्रहण लागेको हेर्न व्यवस्था मिलाएको छ । 

 


कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास बोर्डको परिसरबाट खण्डग्रास सूर्यग्रहण देखाइने भएको छ । 


विहान ८ बजेर ४३ मिनेटबाट सुरु हुने ग्रहण काठमाडौंमा ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ भने महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा सुरू भएर ११ बजेर १९ मिनेटमा अन्त्य हुनेछ ।


त्यसैगरी भद्रपुर झापाबाट ८ बजेर ४८ मिनेटमा सुरू हुन्छ भने ११ बजेर २७ मिनेटमा अन्त्य हुनेछ ।

 


बोर्डका कार्यकारी निर्देशक सनत कुमार शर्माका अनुसार झण्डै तीन घण्टा लाग्ने छ । टेलिस्कोपमा फिल्टर राखेर ग्रहण लागेको देखाइने शर्माले सञ्चारमाध्यमलाई बताएका छन । 


टेलिस्कोप, दुर्विन, चस्मा, नाङ्गो आखाँबाट हेरे हानिकारक हुने जनाइएको छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु नहुने शर्माको भनाई छ । 

 


त्यस्तै, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ ।


यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ ।


खण्डास सुर्यग्रहण रिङ अफ फायरको रुपमा साउदी अरबबाट सुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex