काठमाडौं । बढ्दो शहरी विकासको नाममा उपत्यककाको सम्पदा संकटमा परेको जनप्रतिनिधिहरुद्धारा चिन्ता व्यक्त गरेका छन ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, काठमाडौ महानगर समितिले आईतबार असनमा आयोजित ‘ राष्ट्रियता, जनतन्त्र र जनजिविका’को सार्वजनिक सुनवाई जनप्रतिनिधिहरुले सम्पदा अतिक्रमणप्रति चिन्ता जाहेर गरेका छन ।
सो कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खडगीश्रेष्ठले उपत्यकाका प्राचीन सम्पदा अतिक्रमणसँगै लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन ।
उनले सम्पदाको उचित संरक्षण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै उपत्यकामा भइरहेका विकासका कामकाजमा यहाँको सम्पदा जोगाउने कुरा नसोचिएकोमा आपत्ति समेत प्रकट गरेका छन ।
उपमेयर खड्गीले उपत्यकाकाका मौलिक सम्पदा बचाउन आफू सँधै अग्रसर हुने प्रतिवद्धता गर्दै नागरिकको जनगुनासोलाई आफुले सकेसम्म सम्वोधन गर्ने बताईन ।
त्यसैगरी कार्यक्रममा २५ वडा अध्यक्ष निलकाजी शाक्य, सम्पदा अयिभन्ता शैलेर बरे, खगेन्द्र छन्त्याल लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सहभागीरुले पनि सम्पदा अतिक्रमणप्रति विचार व्यक्त गरेको थियो ।
काठमाडौं उपत्यकाभित्र ७ वटा विश्वसम्पदा सूचीमा सूचीकृत हेरिटेज साइटहरु रहेका छन । लिच्छवी र मल्लकालीन सम्पदाले समेत भरिएको काठमाडौं उपत्यकामा पछिल्लो समय विकासको नाममा पुरानो सम्पदाहरु अतिक्रमण गर्ने प्रयास भईरहेको सम्पदा अभियान्ताहरुको भनाई छ ।
पछिल्लो समय ठमेलको कमलपोखरी अतिक्रमण गरी छायाँ सेन्टर निर्माण गरेको भन्दै सम्पदा अभियान्ताहरुले कडा विरोध गर्दै आईरहेको छन ।
Categorized in सम्पदा/संस्कृति