२६ बैशाख २०८१, बुधबार
Header

उपत्यकाको वातावरण सुधार गर्न नगरहरुको संयुक्त प्रयास नभई हुँदैन (भिडियो) 


प्रकाशित: विहिवार, २९ चैत्र २०८०, १९ः१० बजे
- रचना शाही खड्गी

काठमाडौं । ललितपुर महानरपालिका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको वातावरण सुुधार गर्न नगरहरुको संयुक्त प्रयास चाहिने बताएका छन ।


विहिवार ललितपुरमा वातावरण प्रहरी सम्बन्धीको ३ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।


उनले काठमाडौ र ललितपुर महानगरपालिकासहित १६ नगरपालिकाहरुको संयुक्त प्रयास विना वतावरण सुधार नहुने उल्लेख गरे ।

 
‘जवसम्म काठमाडौ भ्यालीका २ वटा महानगरपालिका र १६वटा नगरपालिकाहरुले संयुक्त रुपले कुनै कार्य गरेको हुँदैन तव सम्म यसको नतिजा देखिदैन भन्दै उनले भने,‘ काठमाडौं भ्याली मेयर फोरममा यस्तै वैठक बसेर छलफल गरेपछि तत नगरपालिकाहरुले वायु प्रदूषणलाई न्यूनिकरण गर्न सक्दो बजेटको व्यवस्थान गर्नु भएको छ ।’

 


प्रमुुख महर्जनले ललितपुरमा वातवरण सुधार गर्न आवश्यक परे ऐन बनाएर कार्यान्वयन गर्ने पनि बताएका छन । 


‘हामिले वातावरण प्रहरीको जुन कन्सेप्ट ल्यायौ, तसर्थ अब यो ३ दिने तालिम पश्चात विज्ञहरुले दिने ट्रेनिङलाई कथनकदाचित नगरपालिकाको तर्फबाट एउटा ऐन बनाएर नगरसभाबाट परित गरेर लागु गर्नु पर्ने छ भने त्यो पनि आउँदो नगरसभामा गर्छौ ।’ प्रमुख महर्जनले भने 


सो अवसरमा उपप्रमुख मञ्जली शाक्यले वतावरण प्रदूषणलाई सुधार गर्न कुरा मात्र गररे नहुने भएकोले टोल टोल घर÷घरमा गएर अभियान सञ्चालन गर्नुु पर्ने बताएकी छिन । 


स्वच्छ हावाका लागि प्रत्येक नागरिकले गर्नु पर्ने आ–आफ्नो दायित्व बुुझेको खण्डमा एक दिन हामी नगरवासीले स्वच्छ र प्रदूषणरहित हावा पाउने उनले बताईन । 


अक्सिजनको महत्व कति हुन्छ भन्ने कुरा हामीले कोभिड कालमा पनि बुुझेकै हुनुु पर्ने उनले उल्लेख गरिन । 


कार्यक्रममा सहजकर्ता भुुषण तुलाधारले तालिमको बारे प्रष्टाएका थिए । 


उक्त तालिम विहिवारबाट ३ दिनसम्म चल्ने छ । सो तालिममा वतावरण संरक्षणमा महानगरको प्रयास र चौनितिहरु, महानगरले लागुुु गरिएका नीति तथा दण्ड जरिवना, जलवायु परिवर्तनको जानकारी, फोहोर व्यवस्थापनका लागि अपनाएका मापदण्डहरु, महानगरमा वातावरण प्रहरीको अवधारणा र  यसको आवश्यक्तका विषयमा तालिम सञ्चालन हुनेछ । 


युुसएडको सहकार्यमा आयोजित सो तालिममा १३ जना नगर प्रहरीले तालिम लिने छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD