३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपत्यकाको यातायात व्यवस्थित गर्न प्राधिकरण गठन गरिने


प्रकाशित: शुक्रवार, ३ साउन २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाका सार्वजनिक यातायातका सवारी साधनलाई व्यवस्थित र नियमन गर्नको लागि उपत्यका यातायात प्राधिकरण गठन गरिने भएको छ ।


प्राधिकरणको ऐन संसदमा पेस भई पारित भए लगत्तै प्राधिकरण गठन प्रक्रिया अघि बढने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताएका छन ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्धारा राजधानीमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री महासेठले प्राधिकरण गठनबारे जानकारी दिँदै उपत्यकाको यातायातलाई व्यवस्थित बनाउन व्यवसायीहरुले जोड दिनुपर्ने बताए । 


मन्त्री महासेठले महासंघको कम्पनीमा रुपान्तरण गर्ने निर्णयलाई ऐतिहासिक भएको बताएका छन । उनले प्राधिकरण गठन भएपछि एक बर्षभित्रै यातायात क्षेत्रमा व्यापक सुधार आउने विश्वास व्यक्त गरेका छन । 


यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो । 


मन्त्रालयका सहसचिव गोपाल सिग्देलको संयोजकत्वको कमिटीले बनाएको यातायात प्राधिकरणको अवधारणापत्रलाई मन्त्रीपरिषदले सैद्धान्तिक स्वीकृति दिईसकेको छ । 


प्राधिकरण गठन भएपछि प्राधिकरणमार्फत उपत्यकाको रुटहरुको अध्ययन गर्नेछ र प्राधिकरणबाटै रुट ईजाजत लिनुपर्ने लगायत व्यवस्थापनको काम गर्नेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex