४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

उपत्यकाको फोहर विसर्जन व्यवस्थापन गर्न संघीय सरकारलाई प्रमुख शाक्यको ध्यानाकर्षण


प्रकाशित: सोमवार, २ फागुन २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहर विसर्जन व्यवस्थापन गर्न संघीय सरकारलाई ध्यानकार्षण गराएका छन ।


प्रमुख शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरूद्ध गर्दै ल्याण्ड फिल साइटमा फोहोर विसर्जनमा अवरोध गरेपछि संघीय सरकारको ध्यानाकर्षण गर्दै दीर्घकालीन समाधानको आवश्यक रहेको बताए । 


काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना उनले राससलाई बताएका छन । 


काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ हाल उक्त स्थान पनि भरिएपछि फोहोर व्यवस्थापनमा थप समस्या आएको हो ।


विसं २०७० देखि सुरू गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा अवरोध हुने गरेको छ । 


बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा गाली काठमाडौं महानगरपालिकाले खाने गरेको प्रमुख शाक्यको भनाई छ । 


हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यामा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।  
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika