१४ बैशाख २०८१, शुक्रबार
Header

उपत्यकाको फोहर विसर्जनमा अवरोध


प्रकाशित: सोमवार, ५ जेठ २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सिसडोलवासीले कोरोना परीक्षणको माग गर्दै काठमाडौंको फोहर विर्सजनमा अवरोध जनाएका छन । 


फोहर फाल्न अवरोध भएपछि काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले यस विषयमा चिन्ता व्यक्त गरेका छन । 


विभाग प्रमुख श्रेष्ठले सवारी आवत–जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरुलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको बताए । 


ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको हो ।


ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जन गर्न रोक लगाएको हो ।


सिसडोलबासीहरुको माग वारे छलफल गर्न महानगर तयार रहेकोले फोहर व्यवस्थापनमा अवरोध गर्न नहुने श्रेष्ठको भनाई छ ।


ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको समाचार आज अनलाईनखवरले प्रकाशित गरेको छ । 


काठमाडौं उपत्यकाबाट उत्पादन हुने दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर विसर्जन नभए काठमाडौँ महानगरपालिका सहित अन्य नगरपालिका पनि दुघन्धित हुन पुग्नेछन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD