२६ बैशाख २०८१, बुधबार
Header

उपत्यकाका ८ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ


प्रकाशित: बिहिबार, ३१ साउन २०७५, १८ः५९ बजे
- महानगरखबर

काठमाडौं । उपत्यकाका आठ वटा सहकारीमा चोरी गरि हिड्ने चार जनालाई प्रहरीले विहिबार पक्राउ गरेको छ । 


काठमाडौं महानगरपालिका–१४ कलङकी चोकस्थित धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लगायत उपत्यकाका अन्य बिभिन्न ८ बटा सहकारी संस्थाबाट नगद लगायतका बिभिन्न धनमाल चोरी कार्यमा संग्लनहरु पक्राउ परेको हो । 


पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने धादिङ ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका ३५ वर्षीय सुरेश भन्ने डण्ड बहादुर परियार, काठमाडौं स्यूचाटार बस्ने चितवन भरतपुर महानगरपालिका–३ का २४ वर्षीय कृष्ण थापा, काठमाडौं कपन वस्ने सिन्धुली तिनपाटन गाउँपालिका–७ का ३२ वर्षीय रामकाजी सुनुवार र काठमाडौं सानोभ¥याङ वस्ने भारत मोतिहारी खरुवा–७का २४ वर्षीय अवधेश शाह रहेका छन । 


काठमाडौं उपत्यकामा रहेका बिभिन्न सहकारी संस्थाहरुमा चोरीका घटनाहरुको अनुसन्धान गर्ने क्रमामा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरिएका विभिन्न धनमाल सहित पक्राउ गरेको हो । 


उनीहरुबाट प्रहरीले पानी तान्ने मेसिन ५ थान, सेफ २ थान, ल्यापटप २ थान, क्यामरा ४ थान, बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुको चेकबुक १८ थान, चोरी गर्न प्रयोग भएको  बा.२ ज ८५७ नम्बरको मारुती टयाक्सी र एलईडी टिभि १ थान बरामद गरेको छ ।

 
पक्राउ परेकाहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD