काठमाडौं । प्रहरीले काठमाडौं दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–६ टुसाल बस्ने ६६ बर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
गैरकानुनी रुपमा नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उपत्यकामा संचालित ७ वटा क्यासिनोमा छापा मार्दा उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुलाई जुवा ऐन अनुसार कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको सो महाशाखाले जनाएको छ ।
Categorized in समाज