१४ बैशाख २०८१, शुक्रबार
Header

उपत्यकाका ५ नगरलाई महागनरको थप पाँच करोड सहयोग


प्रकाशित: बुधवार, ४ चैत्र २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका ५ नगरपालिकालाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ ।


बुधवार महानगरपालिकाले राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत कागेश्वरी मनोहरा, दक्षिणकाली, ताराकेश्वर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । 


सम्झौता अनुसार नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माण गर्नुपर्ने छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरेका छन । 


काठमाडौँ महानगरपालिकाले २०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा  गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिए । 


कुन नगरपालिकाले के बनाउँदैछ 


सम्झौता अनुसार दक्षिणकाली नगरपालिका क्षेत्र भित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुदेश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको छ । यस अघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको थियो ।  त्यसैगरी ताराकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को ताराकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरेको छ । यस अघि ताराकेश्वर धाम निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो ।  


कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्र भित्र रहेको वडा–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरीको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि रु एक करोड नै सहयोग गरेको छ । यस अघि पनि सो नगरपालिकालाई रु एक करोड सहयोग गरेको थियो ।  


किर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि पनि आजै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले रु एक करोड प्रदान गरेको छ । उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भैरहेको छ ।  


त्यस्तै मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि पनि आजै काठमाडौँ महानगरपालिकाले रु थप एक करोड सहयोग गरेको छ ।  यस अघि पनि महागनरपालिकाले सो उद्यान निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो ।  त्यहाँ पनि करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ । 


भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि रु एक करोड नै दिने भएको छ ।  चन्द्रागिरी नगरपालिकालाई पनि मातातिर्थ पार्क निर्माणका लागि महनगरपालिकाले रु एक करोड सहयोग गर्ने भएको छ ।  


काठमाडौँ महानगरपालिकाले यस अघि काठमाडौँका १० नगरपालिका र भक्तपुरको मध्यपुर ठिमीलाई नगर–नगर साझेदारी अन्तरगर्त सहयोग गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD