काठमाडौँ । उपत्यका विभिन्न सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुलाई चिनियाँ भाषाको तालिम दिईने भएको छ ।
चीन सरकारको सहयोगमा यही कात्तिक २७ गतेदेखि दुई सातासम्म चिनियाँ भाषा तथा संस्कृति सिकाइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा कलङ्कीस्थित लर्निङ रियल्म, इन्टर्नेशनल (एलआरआई) विद्यालय परिसरमा आयोजना गर्ने उक्त कार्यक्रममा चिनियाँ विज्ञले चिनियाँ संस्कृतिका विभिन्न आयामका साथै भाषा सिकाउने भएको हो ।
मन्त्रालयका उपसचिव धु्रवराज रेग्मीले दुवै मुलुकबीच सदियौँ पुरानो कूटनीतिक सम्बन्धलाई अब सांस्कृतिक रुपमा विकास गर्न उक्त कार्यक्रम महत्वपूर्ण हुने जानकारी दिए ।
चिनियाँ भाषा प्रधानाध्यापक, कर्मचारी, शिक्षक गरी करीब सयजनालाई सिकाईनले आयोजकले जनाएको छ ।
Categorized in समाज