१२ बैशाख २०८१, बुधबार
Header

उपत्यकाका भित्र भेटिएका ४७९ ढुंगेधारा र १९३ पोखरी संरक्षण गर्न सम्झौता


काठमाडौं । काठमाडौं उपत्यकाभित्र भेटिएका ४७९ ढुंगेधारा र १९३ पोखरीको संरक्षणको लागि एक सम्झौता भएको छ । 


शुक्रबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच ढुंगेधारा र पोखरीहरु संरक्षण गर्ने बारे समझदारी भएको हो । 


खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।


बोर्डले उपत्यकाभित्रका १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्था बारे विस्तृत अध्यन गरे अनुसार कूल ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन गरेको थियो ।


जस अनुसार ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको देखिएको छ भने  १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएका र ४० वटा पोखरीहरु हराएको बोडले जनाएको छ । 


मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन भने १७ वटा पोखरीहरु छन जसमा ३ वटा पोखरीहरु लोप भएका छन । 


त्यस्तै महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन ।


मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेको छ ।
शुक्रवार, १६ फागुन २०७६, २०ः०० बजे

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD