३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपत्यकाका जल सम्पदा संरक्षण विषयमा गोष्ठी, उपत्यकाका ४० पोखरी र ५२ ढुङगेधारा मासीए


प्रकाशित: आईतबार, २६ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाजले ‘उपत्यकामा जल सम्पदा संरक्षणका सवाल विषयमा’ एक गोष्ठी सम्पन्न गरेको छ । 


सो गोष्ठीमा उपत्यकाका परम्परागत खानेपानीका श्रोतहरु इनार, ढुङगेधारा, कुवापोखरी लगायत नासिने क्रम बढदै गइरहेको प्रति हालै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । 


उपत्यकाका नेवार समुदायले सिथि नखः (पानी दिवस) मनाउंदै गर्दा उपत्यकावासी स्वयम भने पानीबाट आक्रन्तित बन्न पुगिरहेका सरोकारवालाहरुले बताएका छन । 


सम्पदा संरक्षण, प्रवद्र्धन लागी स्थानीय सरकार, केन्द्रीय सरकारको ढोका घचघच्याउनु पर्ने प्रदेश नं. ३ का सांसद जीवन खड्काले व्यक्त गरे । जलश्रोतको धनी देश लोभ लालचले गर्दा बिग्रिएको उनले बताए । यस्तै अर्का प्रदेशसभा सदस्य शोभा शाक्यले यी जल सम्पदाहरुको संरक्षणकालागी प्रदेशसभामा जोडदार रुपले आवाज उठाउने बताउनु भयो । यस्ता सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको भूमिका महत्वपूर्ण रहने हुंदा सबैको साथ सहयोगको उहांले अपेक्षा गर्नुभयो ।


मन्तव्यका क्रममा ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले सम्पदाको महत्वको बारेमा जनचेतना जगाउनु पर्नेमा जोड दिनहुंदै सम्पदा संरक्षणका लागी निरन्तर बहसको आवश्यकता औल्याउनु हुंदै सम्पदा संरक्षणमा कसैको मुख ताकि रहनु व्यर्थ हुने बताउंदै आफ्नो सम्पदा आफै संरक्षण गर्नुपर्ने बताउनु भयो ।


उक्त गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुहुंदै सम्पदा अभियन्ता संजय अधिकारीले जल सम्पदा मासिनुुमा कानूनको कुनै त्रुटी नदेखिएको बताउनुभयो । उहांले सविधानले जल सम्पदालाई संरक्षण र सम्वद्र्धन गर्ने प्रयत्न गरेको बताउनुभयो । त्यस्तै कार्यपत्र प्रस्तुत गर्नुहुंदै पानी विज्ञ पदम सुन्दर जोशीले उपत्यकामा मात्रै २००७ सालयता ४० पोखरी र ५२ ढुङगेधारा मासीएको बताउनुभयो । उहांले परम्परागत ढुङगेधारा एवं पोखरीहरु बचाउने तथा पूनर्ताजगी गर्नसकिने थुप्रै उपायहरुका बारेमा प्रष्ट पार्नुभयो ।


सम्पदा पूनर्जागरण तथा संरक्षण समूह थेच्वको सहआयोजनामा भएको उक्त कार्यक्रममा अभियन्ता एवं पत्रकार प्रशान्त मालीले उपत्यकाका १० नगरपालिकामा दई सय ३३ पोखरी र ५ सय ५३ ढुङगेधारा रहेकोमा अहिले १ सय ९३ पोखरी र ४ सय ७९ ढुङगेधारा मात्र अस्तित्वमा रहेको बताउनुभयो । 


यस मध्ये पनि अधिकांस पोखरी पुरीएका र ढुङगेधारा बन्द अवस्थामा रहेको उहांले बताउनुभयो । 


करीब ६० सम्पदा अभियन्ताहरुको सहभागीता रहेको उक्त गोष्ठीमा प्रस्तुत कार्यपत्रहरुमा टिप्पणी गर्नुहुंदै अभियन्ताहरु कुलाल डंगोल, सुनिल महर्जन, अजय लामा, सुनिल श्रेष्ठ, विरेन्द्र महर्जन, राजेश बज्राचार्य, राजु शाक्य, रोमन महर्जन, अजर जोशी, ललितपुर महानगरपालिका, सम्पदा शाखाका प्रमुख चन्द्र शोभा शाक्यले जल सम्पदाको महत्व अधिक रहेको र अहिलेपनि ढिला भैनसकेको, जनचेतना मूलक कार्यक्रमहरुमा जोड दिंदै सम्वन्धित निकायहरुको ध्यानकर्षण गराउनुभयो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex