काठमाडौं । दोलखा प्रहरीले उन्नाईस लाख ६० हजार मुल्य पर्ने प्राचिन ग्रन्थ बेच्ने ३ जनालाई विहिवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले ग्रन्थ बेचबिखन गर्न खोजेको आरोपमा भीमेश्वर नगरपालिका –३ का शिवहरि थापा, टेक थामी, उद्धव गौतमलाई असोज १० गते पक्राउ गरेको थियो ।
छालामा लेखिएको अष्टहस्रिका प्रज्ञा परमिता ग्रन्थबीचका ४९ पानासहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नायब उपरीक्षक वासुदेव पाठकका अनुसार सो ग्रन्थ १०० वर्ष पुरानो भएको र त्यसको मूल्य १९ लाख ६० हजार पर्ने बताए ।
Categorized in सम्पदा/संस्कृति