१४ बैशाख २०८१, शुक्रबार
Header

उद्योग वाणिज्य संघको नेतृत्वमा भरतलाल जोशीको दावी


प्रकाशित: विहिवार, १६ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले चुनाव जित्ने दावी गरेका छन । 


संघको शुक्रवार ४१ औं साधारणसभापछि शनिवार निर्वाचन हुने निर्वाचनमा अध्यक्ष पदको लागि जोशी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन । 


जोशीले अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्दै निर्वाचनमा उत्रेको बताए । २०५३ सालमा कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएका जोशीले काम गर्ने क्रममा कोषाध्यक्ष, महासचिवको अनुभव अंगालिसकेका छन ।

 
आफ्नो अनुभव, कार्यसम्पादन नैै चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने बलियो आधार रहेको भनाई राख्दै उनले भने, ‘आम व्यवसायीहरुको पीर, मर्का मैले बुझेको छु । त्यसको समाधान गर्ने योजना र इच्छाशक्ति  म मा छ । यसलाई आम व्यवसायीले मुल्याकंन गर्ने विश्वास लिएको छु । ’ 


ललितपुरमा जिल्लामा करिब ५० हजार व्यवसायीहरु छन । सदस्यता लिनेको संख्या दुई हजारको हाराहारीमा मात्र छ । त्यसैले सदस्यता बढाउन पुरै खटिनु पर्ने अवस्था रहेको जोशीको भनाई छ । 


पछिल्लो पटक राज्यले गर्ने अनुगमन र नियमनको नाउँमा व्यवसायीहरु पीडित रहेको बताउँदै जोशीले आफू अध्यक्षमा निर्वाचित भएमा राज्यका निकाय र व्यवसायीहरुसंग मिलेर समाधान खोज्ने पनि प्रतिबद्धता व्यक्त गरे । 


५३ वर्ष लामो इतिहास भएको संस्थालाई हाँक्न, समयक्रमसंगै उत्पन्न चुनौैतीलाई चिरेर अघि बढ्न युवा व्यवसायीहरु आवश्यक पर्ने बताउँदै जोशीले आफ्नो प्यानलमा समावेशी, स्थान, युवावर्ग, महिला र विविध क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्व हिसाबले पनि महत्वपूर्ण रहेको धारणा राखेका छन । 


जोशीको प्यानलमा वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ अमिरराज ताम्रकार, उपाध्यक्ष वाणिज्यतर्फ उसन बज्राचार्य, महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशी रहेका छन । 


त्यसैगरी उद्योगतर्फबाट कार्यसमिति सदस्यहरुको लागि आपुलाल अवाले, कृष्ण श्रेष्ठ , गुणकेशरी ताम्रकार, राजु महर्जन, सजना श्रेष्ठ सुनील शाक्य ‘ हान्ताई ’ले जोशीको प्यानलबाट उम्मेदवारी दिएका छन  । 


त्यसैगरी वाणिज्य तर्फ कार्यसमितिका सदस्यको लागि अनिल महर्जन, कृष्णप्रसाद सापकोटा, टेकरत्न बज्राचार्य, विमला शाक्य, रुपेन्द्रराज शाक्य, शम्भुप्रसाद बराही, सागर महर्जन र संस्थागत क्षेत्रबाट पूर्णबहादुर महर्जनले उम्मेदवारी दिएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD