काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः महासंघको अध्यक्षमा चयन भएका छन । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए। अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्ष रहनेछ ।

उपाध्यक्षमा को–को निर्वाचित ?
जिल्ला तथा नगर उद्योग वाणिज्य समूहबाट दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन ।
उनीहरूले क्रमशः ८७ र ८० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरेले क्रमशः ५७ र ३४ मत पाए ।
वस्तुगत समूहबाट एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भए। उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए ।
एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भए। उनले १,०७९ मत प्राप्त गर्दा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत पाइन ।
जिल्ला र नगरतर्फ कार्यसमिति सदस्य
जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ १५ सदस्य निर्वाचित भएका छन ।
निर्वाचित हुनेमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन ।
महिला सदस्यतर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन ।
प्रदेशतर्फ जिल्लारनगर समूहबाट १४ सदस्य चयन भएका छन ।
कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन ।
त्यसैगरी गण्डकीबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन भने सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन ।
वस्तुगत समूह सदस्य
वस्तुगत समूहबाट १३ सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन ।
यस समूहमा चार उम्मेदवारले समान ५०/५० मत पाएर बराबरी गरेका छन्। महिला सदस्यतर्फ सुनिता न्हेम्हाफुकी निर्वाचित भएकी छन्। वस्तुगत महासंघबाट कार्यसमिति सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएका छन ।
एसोसिएट समूह सदस्य
एसोसिएटतर्फ १७ सदस्य निर्वाचित भएका छन ।
निर्वाचित हुनेमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा रहेका छन ।
महिला सदस्यतर्फ अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन ।
द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल सदस्यमा विजयी भएका छन् भने संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ चयन भएका छन ।
Categorized in बजार