१४ बैशाख २०८१, शुक्रबार
Header

उद्योगी दिवाकार गोल्छाको निधन


प्रकाशित: बधुवार, २७ चैत्र २०७५, १०ः०० बजे
- महानगरखवर

कठमाडौं । गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकार गोल्छाको निधन भएको छ । 


उनको बुधबार राति भारतको चेन्नइमा उपचारको क्रममा निधन भएको हो ।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका ६७ वर्षीय गोल्छाको गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


उनी संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । 


गोल्छाको नेपालमा उद्योगीकरणमा महत्वपूर्ण भूमिका छ । उनको अग्रसरतामा करिब २४ वटा उद्योग स्थापना भएका छन ।


हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले चलाउछ । 


दुई छोराका पिता गोल्छा पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD