काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा केही दिन लोडसेडिङ हुने जनाएको छ । चार दिनसम्म २ घण्टा बेलुकीपख लोडसेडिङ हुनेछ ।
भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि विद्युत आपुर्तिमा समस्या हुने प्रधिकरणले जनाएको छ ।
ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको प्रधिकारणले जनाएको छ ।
धनुषामा हालै २२० केभीको ढल्केबर सबस्टेशनको निर्माण सकिएको छ । त्यसैले हालसम्म १३२ केभीमा सञ्चालनमा रहेको यो प्रसारणलाइनलाई २२० केभी क्षमता स्तरोन्नति गर्न लागिएको छ ।
Categorized in समाज