८ भाद्र २०८३, सोमबार
Header

उद्योगका काटिएका लाइन २४ घण्टा भित्र जोड्ने निर्णयसहित मन्त्री परिषदका यी ८ निर्णयहरु


प्रकाशित: मंगलवार, २७ कात्तिक २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारको मन्त्रिपरिषदको बैठकले देशका विभिन्न उद्योगमा काटिएका लाइन २४ घण्टाभित्र जोड्ने निर्णय गरेको छ ।


आइतवार बसेको बैठकले डिडेकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरको विद्युत महशुलसम्बन्धी विवादको कारण विद्युत आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको तथा अर्थतन्त्रमा प्रभाव परेको हुँदा विद्युत आपुर्ति बन्द भएका उद्योगहरुमा चौविस घण्टाभित्र लाइन जडान गर्ने व्यवस्था मिलाउन उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले मिलाउने निर्णय गरेका छ ।

 
त्यसैगरी, सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ ।


मन्त्रिपरिषद् बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ भने अछामको साँफेबगर नगरपालिका–६ मा जग्गा एकीकरण आयोजना संचालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


हेरौं मन्त्रिपरिषदका ८ निर्णहरुः 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex