१४ बैशाख २०८१, शुक्रबार
Header

उत्तर कोरियाली लगानी प्रतिबन्ध, व्यवसाय बन्द गर्न अल्टिमेटम


प्रकाशित: सोमबार, ३० भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले नेपालमा उत्तर कोरियाली लगानीलाई प्रतिबन्ध गरेको छ । 


उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित व्यवसायहरु बन्द गर्न २ महिने अल्टिमेटम समेत दिएको छ । 


हाल नेपालमा सञ्चालित नौ वटा व्यवसाय भदौ तेस्रो साताबाट लागू हुने गरी  बन्द अल्टिमेटम दिएको उद्योग विभागले जनाएको छ ।


संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको हो । 


यस अघि नेपालस्थित कोरियाली दूतावासलाई पटकपटक मौखिक आग्रह गरिए पनि कार्यन्वयन नभएपछि परराष्ट्रमार्फत पत्राचार लिखित पत्राचार गरेको हो । 


विभागका अनुसार ९ वटा उत्तर कोरीयाली लगानीका व्यवसयमा संलग्न कामदारहरुको भिषा समेत अक्टोबर ३१ सम्मका लागि मात्रै थपिएको छ ।


उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निमार्ण क्षेत्रका व्यवसायमा लगानी गरेका छन । हिमालयन सोजी रेष्टुरेन्ट, होटल रिमिन एण्ड रेष्टुरेन्ट, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, पोङयाङ अकुग्यान नेपाल, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन र पोङयाङ अकुग्यान रेष्टुरेन्ट उत्तर कोरियाली लगानी छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD