७ जेठ २०८१, सोमबार
Header

उत्तर कोरियाली नेता किम रेल यात्रामा चीन भ्रमण


प्रकाशित: मंगलवार, २४ पुष २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । उत्तरकोरियाली नेता किम जोङ उन रेल यात्रामा चीन भ्रमण निस्केको बीबीसीले जनाएको छ । 


बीबीसका अनुसार सोमबार नेता जोङ चीन र उनको पत्नी री सोल जु चीन भ्रमणमा निस्केका हुन । उनी चीनका राष्ट्रपति सि जिनफिङको निमन्त्रणामा गएका हुन ।  


७ देखि १० जनवरीसम्म चीनमा रहने किमले आफ्नो मुख्य कुटनीतिक सहयोगी चीनसँग महत्वपूर्ण विषयमा छलफल गर्ने बुझिएको छ । 


निकट भविष्यमै किम–ट्रम्प तथा दक्षिण कोरियाका नेताबीच शिखर वार्ता हुने समाचार आईरहेको बेला चीन भ्रमणलाई विशेष रुपमा लिएको छ ।  दुईबीचको छलफलको मुख्य एजेन्डा यही शिखर बैठक हुने अनुमान गरिएको छ ।


किमले महत्वपूर्ण निर्णय लिनुअघि चीन भ्रमण गर्दै आएका छन । यस अघि पनि उनले दक्षिण कोरियाको नेतासँग भेटगर्नु अघि चीन भ्रमण गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD