१४ बैशाख २०८१, शुक्रबार
Header

उत्तरकोरियाली ह्याकरको जोखिममा नेपाली बैंक पनि


प्रकाशित: विहिवार, २३ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । उत्तर कोरियाले ह्याकिङबाट २ अर्ब डलर पैसा जम्मा खुलासा भएपछि यो चर्चाको विषय बनेको छ ।


उत्तर कोरियामाथिको प्रतिबन्ध निगरानीका लागि बनेको राष्ट्र संघीय समितिले सुरक्षा बैठकमा पेस गरेको प्रतिवेदनमा सो उल्लेख गरिएको पाएको छ । 


संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाले आणवीक कार्यक्रमका लागि चाहिने सामानका लागि पैसा जम्मा पार्न विभिन्न देशका बैंक र विद्युतीय मुद्रा (क्रिप्टोकरेन्सी) ह्याक गरिरहेको छ ।


ह्याकिङबाट ठूलो पैसा जम्मा गर्ने उत्तर कोरियाका ह्याकरले नेपालका बैंकलाई पनि निशाना बनाउने गरेको पाइएको छ । 


यस अघि उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले २०७४ मा नेपालको एक वाणिज्य बैंकको साढे ४६ करोडभन्दा बढी रुपैयाँ चोरी गरेको थियो । 


बैंकको स्विफ्ट कोड ह्याक गरी चोरी भएको रकममध्ये ४ करोड बराबर रकम ह्याकरले लिए भने बाँकी पैसा लिन पाएनन । नेपाली बैंकलाई त्यस ग्रुपले पटक– पटक प्रयास गरिरहेको बुझिएको छ । बैंकहरूले सुरक्षा सावधानी नअपनाएका कारण पनि ह्याकरको निशानामा नेपालका बैंक परेको छ । 

 
त्यसैगरी यस ग्रुपले भारतीय बैंकबाट ९६ करोड भारतीय रूपैयाँ चोरी भएको थियो ।  सन २०१४ मा जब सोनी कम्पनीको सोनी पिक्चरमाथि हमला गरेपछि विश्वव्यापी रुपमा यसले चर्चा पाएको थियो । 


लजारस ग्रुपले भियतनामस्थित तेइफोङ बैंकमा पनि हमला गरी १० करोड लुट्यो।


ताइवानस्थित इस्ट इन्टरनेसनल बैंकको पनि ६ अर्ब रुपैयाँ ह्याक गर्‍यो । सन २०१६ मा सेन्टर बैंक अफ बंगलादेशको ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा ट्रान्सफर गर्‍यो। त्यसमध्ये ८ अर्ब १० लाख रूपैयाँ लिन ह्याकर ग्रुप सफल भएको थियो । 
भारत, बंगलादेश र नेपालमै भएको यसअघिका घटना हेर्दा अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरू लजारस ग्रुपको उच्च जोखिममा रहेको सुरक्षा स्रोतको दाबी छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD