काठमाडौं । विवेकशील साझा पार्टीको आन्तरिक विवादले फुटको रुप लिएको छ ।
विवेकशिल साझा पार्टीको संयोजक रहेको उज्वल थापाको नेतृत्वमा ‘विवेकशील नेपाली दल गठन गरिएको छ ।
थापाले नयाँ दल दताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता समेत गरेको छ ।
थापाको नेतृत्वमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल रहेका छन ।
पछिल्लो समय विवेकशील साझाको अर्का संयोजक रवीन्द्र मिश्रविच ‘वैकल्पिक पार्टीको धार’ लाई लिएर विवाद भएपछि उज्जल थापा पक्ष अलग्गिएका हुन ।
विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो ।
Categorized in राष्ट्रिय