१४ बैशाख २०८१, शुक्रबार
Header

उज्यालो महानगर बन्दै काठमाडौं महानगर


प्रकाशित: शनिवार, २५ पुष २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर अब छिट्टै नै उज्यालो महानगर बन्ने तयारीमा रहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन ।


प्रमुख शाक्यले भने ‘महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो संघीय राजधानीको चिनारी दिन मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो ।’


महानगरले अहिले करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको प्रमुख शाक्यले जानकारी दिए । 


शुक्रवार महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकमा प्रमुख शाक्यले गत मङ्सिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको बताए । 
काठमाडौं महानगरले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । 


प्रमुख शाक्यले यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आव्हानको चरणमा पुगिसकेको पनि बताए । 


महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने छ । 


औपचारिक रुपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ । 


सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वरहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि तथा पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायात होटलसम्मको सडक खण्डमा पहिलो चरणमा समेटिएको जानकारी दिए । 


यस चरणमा करीब ६० किलोमिटर सडक खण्डमा करीब १७ सय ५० बटा बत्ती जडान गर्ने तयारी भएको थापाले जानकारी दिँदै नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने योजना सुनाए ।


थापाका अनुसार पहिलो चरणको बत्ती जडानका लागि करीव ११ करोड रुपैयाँ लागत लाग्नेछ । बत्ती जडानका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्नेलगायतका काम प्राधिकरणले गर्नेछ ।


सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत प्राधिकरणकातर्फबाट कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD