काठमाडौं । आजदेखि बागमती, कोशीसहितका केही स्थानमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवार सुचना जारी गरी केही स्थानमा भारी बर्षाको संभावना रहेको सतर्कता अपनाउन आग्रह गरेको हो ।
१८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले भनेको छ ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
गत शुक्ररदेखि शनिवारसम्म परेको अविरल बर्षाको कारण प्रहरीको पछिल्लो अपडेट अनुसार मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
विपत्त व्यस्थापनको सुचनाः

Categorized in राष्ट्रिय