२७ बैशाख २०८१, बिहिबार
Header

उच्च अदालत विराटनगरद्धारा प्राइम बचतका सञ्चालकलाई धरौटीमा छाड्न आदेश


प्रकाशित: शुक्रवार, ७ मंसिर २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्राईम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ । 


करिब चार करोड रुपैयाँ ठगी गरेको आरोप लागेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु सहकारीका संयोजक इन्द्रलाल श्रेष्ठलाई ५ लाख, व्यवस्थापक इश्वर श्रेष्ठलाई १० लाख र उपाध्यक्ष बिष्णुप्रसाद सुवेदी साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।


उच्च अदालत विराटनगरका न्यायाधीस सारङ्गा सुबेदी र उमेशकुमार सिंहको इजलासले सो आदेश दिएको हो । प्राईम सहकारीमा बचतकर्ताको ३ करोड ९७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरु थुनामा रहेका थिए । 


बचतकर्ताहरुले ठगी गरेको उजुरी दिएपछि प्रहरीले सहकारीका १२ सञ्चालकमध्ये ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । 


जिल्लाको आदेश रीत नपुगेको भन्दै उनीहरुले उच्च अदालतमा पुनरावेदन गरेका थिए । त्यसै निवेदनमाथि सुनुवाई गर्दै तीनै जना सञ्चालकलाई छाड्ने आदेश भएको ईश्वर श्रेष्ठको पक्षमा बहस गरेका कानुन व्यवसायी चुणामणि कोइरालाले जानकारी दिए ।


विराटनगर–९ मा कार्यलय रहेको सो सहकारीमा  चतकर्ताको ५ करोड ८० लाख रुपैयाँ सञ्चालकहरुले ठगी गरेको पाईएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD