काठमाडौं । बैंकिङ कसुरका एक अभियुक्त रामबोल खड्का उच्च अदालत पाटनबाट फरार भएका छन ।
उनलाई म्याद थप गर्नका लागि अदालत लगिएको थियो तर उनी फरार भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार अभियुक्त खड्का कसरी भागे भन्ने विषयमा पनि अनुसन्धान भईरहेको छ । प्रहरीले उनको खोजी कार्यलाई पनि तिव्र बनाएको छ ।
यसअघि मंगलबार महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाटै चोरी डाँका दुई र लागूऔषध मुद्दाका एक अभियुक्त फरार भएका थिए ।
उनीहरु चोरी डाँका मुद्दाका रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई अपराध अनुसन्धान महाशाखाले बुधबार पक्राउ गरेको छ ।
लागु औषधका अभियुक्त भने फरार नै रहेको प्रहरीले बताएको छ ।
Categorized in समाज