४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

उच्च अदालत जनकपुरद्धारा वडा अध्यक्षलाई कामकाजमा रोक


प्रकाशित: शनिवार, २२ मंसिर २०७५, १०ः५५ बजे
- महानगरखबर

काठमाडौं । सप्तरी जिल्लाको रुपनी गाउँपालिका– १ का वडाअध्यक्ष पीताम्बर यादवलाई उच्च अदादलत जनकपुर इजालसले कामकाज गर्न रोक लगाएको छ । 


नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठह¥याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज नगर्न उक्त इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो । 


आदेशमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कसुरदार ठहर गरी कारवाही गरेपछि विशेष अदालतले छ महीना कैद र रु १५ हजार जरिवाना गर्नुपर्ने फैसला गरेकाले यो निवेदनको किनारा नलागेसम्म वडाध्यक्षको हैसियतले कुनै काम नगर्नू÷नगराउनू । ” 


उक्त आदेशमा विपक्षी वडाध्यक्षलाई १५ दिनभित्र जवाफ पेश गर्न पनि भनिएको छ । 


यसअघि सवइञ्जिनीयरका लागि चाहिने न्यूनतम योग्यता पास नगरी नक्कली प्रमाणपत्र पेश गरेर यादवले जिल्ला शिक्षा कार्यालयमा सवइञ्जिनीयरमा नियुक्ति लिई छ वर्षभन्दा बढी समयदेखि राज्यलाई ठगी गर्दै आएको थियो । 


इजलास अधिकृत प्रभाकरकुमार मल्लिकका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले यादवद्वारा पेश गरिएको शैक्षिक प्रमाणपत्र विश्वविद्यालयबाट जारी नभएको पुष्टि गरेपछि यादवमाथिको अभियोग प्रमाणित भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex