१७ बैशाख २०८१, सोमबार
Header

उच्च अदालतमा स्वचालित पेशी प्रणालीको शुुभारम्भ 


प्रकाशित: आइतवार, ८ पुस २०८०, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । देश भरका सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।


प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पाटन उच्च अदालतबाट स्वचालित पेशी व्यवस्थापन सुरु गरेको हो । 


गोला प्रथाबाट तोकिने पेशी स्वचालित पेशी प्रणाली लागु भएपछि अदालतमा हुने विकृति, विसंगति हट्ने विश्वास व्यक्त गरिएको थियो । 


प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।


यो प्रणालीले कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्छ । स्वचालित रुपमा तारिख दिइन्छ । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ ।


यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफूखुसी तोक्ने गुनासो थियो । सो अवसरमा प्रधानन्यायाधिश श्रेष्ठले अनलाइनमार्फत नै मुद्दा दर्ताको व्यवस्था गर्ने समेत बताए ।

 
तारेख लिन पनि अदालतमा आइरहनु नपर्ने प्रविधि हुन्छ कि भनेर पनि अध्ययन भइरहेको उनले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD