४ भाद्र २०८३, बिहिबार
Header

ई-स्पोर्टलाई छुटाएको एक करोडको आलोचनापछि महानगर प्रमुख बालेनले दिए प्रतिक्रिया


प्रकाशित: विहिवार, ३० असार २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरले ई-स्पोर्टसका लागि छुट्याइएको बजेटको चर्को आलोचना भएको छ ।


आलोचना भएपछि प्रमुख शाहले सो रकमको कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले कार्यान्वयन हुने  स्पष्ट पारेका छन् ।


उनले कुनै अमुक संस्था वा खेलका लागि नभएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको बताएका हुन । 


‘आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।’


फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल नहुने भन्दै उनले लेखेका छन्, ‘यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex