१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ई–सेवा प्रयोगकर्ताबाट एक करोड रुपियाँ चोरी गर्ने पक्राउ


प्रकाशित: बुधवार, ३ बैशाख २०८२, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी भएको छ । 


उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रकम चोरी गर्ने रको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा कालिमाटीबाट पक्राउ समेत गरेको छ । 


कार्यालयका अनुसार उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई–सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको छ । 


उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।


उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई–सेवामा पहुँच पुर्‍याएर रकम चोरी गरेको पाइएको प्रहरीको भनाइ छ ।


लिंक पठाएपछि तपाईंको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाईको लिंक खोल्न लगाएर व्यक्तिका ई–सेवामा पुहुँच पुर्‍याएको आरोप छ ।

 

16 April 2025, Wednasday

asteriskhubs
Home Page Bottom Second


maharjan complex