८ बैशाख २०८१, शनिबार
Header

ईन्द्रयाणी मन्दिर (लुतिअजिमा) को सतल शिलान्यास


प्रकाशित: बुधवार, २८ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कामपा – १७ स्थित ढल्कोमा ईन्द्रयाणी मन्दिर (लुतिअजिमा) सतल को शिलान्यास गरेका छन ।


बुधवार दिउँसो प्रमुख शाक्यले सतल शिलान्यास कार्यक्रपछिको आयोजित कार्यक्रममा सम्पदा संरक्षण, सम्बद्र्धन र पुननिर्माणमा काठमाडौं महानगरपालिकाको निरन्तर सहयोग हुने बताए । 


सतल निर्माण कार्य गत माघ १५ गतेबाट सुरु भई आगामी २०७७ साल मंसिर १५ गते भित्र सम्पन्न गर्ने गरि मिलीजुली कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि.ले ठेक्का पाएको छ । 


महानगरको एक करोड १७ लाख ४ हजार १७९ रुपियाँ सहयोगमा उक्त निर्माण कार्य सम्पन्न हुनेछ । 


कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी, १७ वडा अध्यक्ष नविन मानन्धर, महानर प्रवक्ता एवंम १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, स्थानीय वडा सदस्य तथा संघ, संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD