१२ बैशाख २०८१, बुधबार
Header

ईन्द्रजात्रा (येँया) को गणेश र भैरब फेरिए


प्रकाशित: शुक्रवार, ३ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । इन्द्रजात्रा (येँया) मा कुमारीसँगै घुम्ने पहिलो र दोस्रो रथमा हुनेहरू गणेश र भैरव फेरिएका छन । 


शुक्रवार नरदेवीका साढे ४ वर्षीय रोदिन शाक्य गणेशका रूपमा छानिएका छन । यस अघिका गणेश समवेग शाक्य थिए ।


त्यसैगरी शनिवार जैसिदेवलका साढे तीन वर्षका कर्शनब शाक्यको भैरवको रुपमा छनौट भएका छन । उनको भोली पूजाविधि साथ प्रतिस्थापन हुँदैछ ।


यस अघि भैरवको रुपमा रूजन शाक्य थिए । समवेग र रुजन १४ बर्ष भईसकेका छन । 


अब अवकाश नपाएसम्म उनीहरू पनि कुमारी झैं जात्रापर्वमा देवता भेषमा बस्नुपर्छ । 


कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाए पनि शाक्य परिवारका छोरा १४ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन । 


कुमारी, गणेश र भैरवको रथयात्रा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको हुन ।  त्यतिबेला गणेश र भैरवको रथलाई अगाडि पारेर राजा जयप्रकाश स्वयं कुमारीको रथमा बसी यात्रा गर्थे भन्ने भनाइ छ ।

तस्वीरः सुनिल शर्मा

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD