२४ बैशाख २०८१, सोमबार
Header

ईंःले प्रधानमन्त्री भेटेर सडक व्यवसायी व्यवस्थापनको मागपत्र बुुझाए


प्रकाशित: सोमवार, ७ फागुन २०८०, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । सामाजिक अभियान्ता ईःसहितको एक टोलीले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मागपत्र बुुझाएका छन । 


सोमवार बालुवाटर पुुगेर ईंःले प्रम दाहाललाई पाँच पृष्ठको मागपत्र बुुझाएका छन ।  


मगपत्रमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषयमा उल्लेख गरिएको र सोलाई सम्बोधन गर्न माग गरिएको छ । 


यस अघि ईंःले सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा समेत गरेका थिए । 


पैदलयात्राको ९ औं दिन ईः सहितको टोलीले कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो ।


मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्ड मागप्रति सकारात्मक रहेको बताएका ईःको भनाई छ । 


अभियन्ता ईः ले २८ माघमा लुम्बिनीबाट पैदलयात्रा थालेका थिए । यसअघि उनले सडक व्यवसायीबारे चुनाव अघि गरेको वाचा पूरा गरिदिन भन्दै काठमाडौं र ललितपुर महानगर अगाडि पनि उभिएर विरोध प्रदर्शन गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD