५ जेठ २०८१, शनिबार
Header

इ–क्यानद्वारा ग्लोबल आइएमई आधिकारिक बैंक छनौट


प्रकाशित: विहिवार, ३ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्था नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)ले ग्लोबल आइएमई बैंकलाई आधिकारिक बैंकको रुपमा चयन गरेको छ । 


गत पुष ३० मा इ–क्यानको १३ औं बार्षिक साधारणसभाले ग्लोबल आइएमईलाई आधिकारिक बैकको रुपमा चयन गरेपछि इ–क्यानका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले एक सम्झौता पत्रमा हस्ताक्षर गरे । 


अब, इ–क्यानमा आबद्ध कन्सल्टेन्सीहरूको सिफारिसमा ग्लोबल आइएमई बैंकले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्रै शैक्षिक कर्जा उपलब्ध गराउने छ । 


मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अस्ट्रेलिया, बेलायत, भारतलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याईदै आईरहेको बैंकको 


बैंकका देशभर १ सय ३३ शाखा, १ सय ४२ एटिएम काउन्टर, ७ एक्स्टेन्सन काउन्टर तथा १५ राजस्व संकलन काउन्टर रहेका छन । 


यतिमात्र १ सय १७ शाखारहित बैंकिङ सेवा तथा भारत, अस्ट्रेलिया र बेलायतमा प्रतिनिधि एवं सम्पर्क कार्यालय रहेको बैंकको ग्राहक संख्या साढे ९ लाखभन्दा बढी रहेको बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD