८ बैशाख २०८१, शनिबार
Header

इसेवा र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता


प्रकाशित: सोमवार, ३० फागुन २०७८, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 


यो सम्झौतासँगै इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी भुक्तानी केन्द्र र इसेवा वालेटका पाँच हजारबढी एजेन्टबाट इसेवा मनी ट्रान्सफरमा पठाइएको रेमिट्यान्स झिक्न मिल्छ । 


प्रभु म्यानेजमेन्टसँग आवद्ध सात हजार बढी सहकारी संस्थाहरुबाट समेत रकम झिक्न सकिने यो सम्झोतामा उल्लेख छ । संसारका २०० भन्दाबढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स भुक्तानी लिन सकिने छ ।  


इसेवा मनी ट्रान्सफरका अनुसार अब प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यी सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत गर्न सकिने छ । 


सो अवसरमा इसेवा मनी ट्रान्सफरका सीइओ अजेस कोइरालाले सम्झौताबारे र यसबाट ग्राहकले पाउन सकिने सुविधाहरु बारे बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD