काठमाडौं । इसराइलको राजधानीस्थित बिहीबार राति तेल अविभको दक्षिणी सहर बटयाममा सडकमा पार्क गरी राखिएका तीन वटा बसमा विस्फोट तीन वटा बसमा विस्फोट भएको छ ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार बटयामका मेयर त्ज्विका ब्रोटले विज्ञप्ति जारी गर्दै पार्क गरी राखिएको बसहरूमा विस्फोट भएकाले मानवीय क्षति नभएको बताएका छ ।
उनले नजिकैको अर्को सहर होलोनमा पनि विस्फोट नभएका बमहरू भेटिएको र विस्फोट नभएका बमहरू इसराइली सेनाले डिस्पोज गरिसकेको बताए ।
डान बस कम्पनीका डाइरेक्टर ओफिर कर्नीले बिहीबार राति बसको अन्तिम सिटम बसेका व्यक्तिको गतिविधि शंकास्पद रहेको बताएका छन्। ती व्यक्तिले आफूले बोकेको झोला बसमै छाडेको र बसका चालकलाई पनि सतर्क गराएको भनेर इसराइली मिडियाहरूसँग बताएका छन्।
इसराइली अधिकारीहरूले उक्त विस्फोटको घटनालाई आतंकवादी हमला हुनसक्ने भनेर अनुसन्धान गरिरहेको छ । विस्फोटको घटनापछि इजरायली अधिकारीहरूले देशभरका सबै बस र रेलहरू केही समय बन्द गरेको न्युयोर्क टाइम्सले लेखेको छ ।
Categorized in अन्तर्राष्ट्रिय