७ बैशाख २०८१, शुक्रबार
Header

इलेक्ट्रिक स्कुटर पनि यातायात विभागमा दर्ता हुनुपर्ने


प्रकाशित: विहिवार, २३ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । अबदेखि इलेक्ट्रिक स्कुटर पनि यातायात विभागमा दर्ता गरी सञ्चालन गर्नुपर्ने छ । 


यातायात व्यवस्था विभागले इलेक्ट्रिक स्कुटरलाई अनिवार्य रुपमा दर्ता गर्नु पर्ने व्यवस्था गरेको हो । 


दुर्घटना न्युुनिकरण तथा सवारीको अभिलेखका लागि विभागले यो व्यवस्था गरेको जनाएको छ ।

 
विभागले सवारीलाई १५ दिनभित्र विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्ने प्रावधान जारी गरेको छ । 


हाल सञ्चालनमा रहेका त्यस्ता सवारीले असार ५ गतेसम्म यातायात व्यवस्था विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्नेछ ।


त्यसैगरी नयाँ नियमअनुसार विदेशबाट खरिद गरी ल्याएको तथा ग्राहकले किनेको १५ दिनभित्रै यस्ता सवारीसाधन यातायात व्यवस्था विभागमा अनिवार्य दर्ता गराउनु पर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD