२७ बैशाख २०८१, बिहिबार
Header

इलाम र बझाङमा उम्मेदवारहरुले गरे मतदान 


प्रकाशित: शनिवार, १५ बैशाख ०८ः५० बजे
- महानगरखबर

काठमाडौं । इलाम र बझाङमा शनिवार विहान ७ बजेबाट मतदान सुरु भएको छ । 


इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले सबै मतदान केन्द्रहरूमा मतदान सुरू भएको बताएका छन । 


इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१) का मतदान केन्द्रहरूमा मतदान सुरू भएको हो । 


मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धीभनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन ।


इलामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खतिवडा, नेकपा एमालेका सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरिसकेको छ ।

 
आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । 


इलाम–२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।


त्यसैगरी बझाङमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 


आयोगका अनुसार बझाङको उक्त निर्वाचन क्षेत्रमा कुल ६१ हजार सात सय ४८ मतदाता छन भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

 
बझाङमा नेपाली कांग्रेसका अभिषेक सिंह लगायत १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन । 


प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।


मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD