२७ बैशाख २०८१, बिहिबार
Header

इलाम उपनिर्वाचनः आजबाट मौन अवधि सुरु, नेताहरुले के–के भने ?


प्रकाशित: बुधवार, १२ बैशाख २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले आज (बुधवार) राती १२ बजेबाट उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको जनाएको छ । 


१५ वैशाखमा इलाम इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभा उपनिर्वाचनका लागि मौन अवधि आयोगले तोकेको हो । 


मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।


मौन अवधिमा सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न निषेध गरिएको आयोगले जनाउँदै मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ ।


इलाम उपनिर्वाचनमा भने यतिखेर शिर्षनेता देखि दोस्रो तहका नेताहरु चुनावी दौडमा रहेका छन ।


नेताहरुले निर्वाचन जित्नका लागि आ–आफ्ना उम्मेदवारको भरपुर प्रचार प्रसार गरिरहेका छन भने उम्मेदवारहरु पनि जनतालाई विश्वास दिलाउन मुद्दाहरुमा चर्चा गरिरेका छन ।

 
यसैविच नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ कांग्रेसको ‘बटमलाइन’ भएको बताएका छन ।


उनले पहिचानवादीहरुको भावना बुझेर वर्ष दिनअघि प्रदेश १ का १४ जिल्लाकै कांग्रेस सभापतिहरुको संयुक्त बैठकले पहिचानवादी भावनाविपरीत राखिएको प्रदेशको नामकरणलाई पुनर्विचार गर्न र सच्याउन माग गर्ने निर्णय गरेको बताए । 


हामी पहिचानवादीहरुको पक्षमा छौं । द्वन्द्व मेटिनुपर्छ र पहिचान पनि भेटिनुपर्छ भन्ने कांग्रेसको स्पष्ट धारणा रहेको उनले बताउँदै आफुलाई इलामेली जनताले भोट गर्ने विश्वास व्यक्त गरेका छन । 


नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको प्रचारमा इलाम आएका एमाले अध्यक्ष केपी शर्माले चुनावका बेला जतीय कुरा नगर्न ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन ।


उनले जातीय कुरा गरे हार्ने निश्चित हुने भन्दै ओलीले थपे, ‘जातीय संकीर्णताको कुरा गर्नु वाञ्छनीय हुँदैन ।’


अध्यक्ष ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई लक्षित गर्दै सडक नबनाउने नेताले देश बनाउँछु भनेर गप दिएको बताएका छन ।


उनले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै कांग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोपित गरेका छन ।


निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै ओलीले बाटो किन नबनेको भन्दै प्रश्न उठाए । 


एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताए इलाम–२ को समस्या समाधान हुने ओलीले जिकिर गरे । 


यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिएका छन । 


उनले इलाममा भएको चुनावी सभामा मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका हुन । 


‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस ।’ उनले भने ।


चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे उच्च मूल्यांकन हुने उनले बताए ।


उनले आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए । 


रास्वपका अर्का नेता पसभापति डा. स्वर्णिम वाग्लेले चुनावी सभामा कांग्रेसका संस्थापक नेता वीपी आफ्नो रोलमोडल व्यक्ति भएको बताएका छन । 


‘म पनि वीपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि नेपाली राजनीतिमा मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ’, उनले भने ।


इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको वाग्लेले बताए । 


उनले ८० प्रतिशत जति कब्जा त्यो गुटले गरेको जसको कारण विकृत, भ्रष्ट, निकम्मा समूहका रुपमा पनि यहाँ उम्मेदवार बनाइएको उनले उल्लेख गरे ।

 
इलामा यतिखेर पहिचानवादी मुद्दा चर्को रुपमा उठेको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम उठेका छन । उनलाई पहिचान पक्षधरले सहयोग गर्ने भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD