२० बैशाख २०८१, बिहिबार
Header

इलाम– २ उपनिर्वाचनका लागि एमाले उम्मेदवारहरुको नाम केन्द्रमा पेश


प्रकाशित: सोमवार, ५ चैत्र २०८०, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । इलाम क्षेत्र न.२ मा आगामी बैशाख १५ गते हुन गईरहेको उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटिले नामहरु प्रस्ताव गरेका छन । 


उपनिर्वाचनका कमिटिले सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र रिपल राईको नाम केन्द्रमा पठाएको हो ।

 
सुहाङ  एमालेका स्व. उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन भने सुवेदी जिल्ला कमिटीका उपसचिव छन ।  


एमालेले यसअघि उम्मेदवार सिफारिस गर्न जिल्ला उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल बनाएको थियो ।  


त्यही कार्यदलले ६ जना आकांक्षी उम्मेदवारको नाम केन्द्रलाई सिफारिस गरेको हो । 


गत भदौ २६ गते त्यहाँबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।


यस अघि सो क्षेत्रका लागि नेपाल आदीवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD