१६ चैत्र २०८०, शुक्रबार
Header

इरानी तेल प्रतिबन्धले नेपालमा असर पर्ला !


प्रकाशित: मंगलबार, २२ साउन २०७५, ११ः५० बजे
- महानगरखबर

काठमाडौं । इरानी तेल प्रतिबन्धले नेपालमा असर पर्र्ने निश्चित छ । इरानमाथि अमेरिकी प्रतिबन्धको पहिलो चरण सुरु भएलगतै छिमेकी मुलुक भारत आत्तिएको छ ।

 
भारतले तेल आयात गर्ने देशहरु साउदी अरब, ईराक, इरान र भेनेजुयला हो । अमेरिकाको ईरानमाथिको प्रतिबन्धको कारण गत जुलाईमा भारतले ठुलो मात्रामा तेल आयात गरिसकेको छ । 


तर पनि भारत अझ ढुक्क छैन किन भने अमेरिकाले इरानमाथि पूर्ण प्रतिबन्ध लगाउने वित्तिकै ईरानबाट भारतले तेल ल्याउने कुनै संभावना छैन । 


अमेरिकाले नेभेम्बरबाट ईरानमा दोश्रो चरणको प्रतिबन्ध सुरु गर्नेछ । दोस्रो चरणमा कच्चा तेल ओसार्न अमेरिकी ट्याङ्कर प्रयोग गर्नै पाइँदैन । तेल ओसार्नका लागि गरिएको बीमाजति जम्मै अमेरिकी कम्पनीहरुले गरिरहेको गर्दा बीमा कम्पनीको काम गर्दैन ।  नोभेम्बरदेखि भारतमा इरानी तेल आउन लगभग बन्द नै हुने निश्चित छ । 


भारतले अर्को विकल्पको लगि भेनेजुयला लागी सोचेपनि अमेरिकाले भेनेजुयलामाथि पनि प्रतिबन्ध लागाउने तयारी गरिरहेको छ । 


यसो हुनेवित्तिकै भारतले नेपालमा आयत भईरहेको तेलमा कटौती गर्न सुरु गर्नेछ जसको प्रत्यक्ष असर नेपालमा पर्न जानेछ । 


त्यसैले भन्न सकिन्छ नेपालमा तेलको लागि फेरि विगतझै लाईनमा बस्नु पर्ने बाध्यता आउन सक्नेछ । 


नेपालले भारतबाट बार्षिक एक खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढिकोको तेल आयत गर्ने गरेको छ । गर्छ । नेपाल आयल निगमसँग बढिमा ३ महिनासम्मको पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने मात्र क्षमता छ ।


वीवीसी  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD