१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

इरानमा भागदौडमा ३२ जना मारिए


प्रकाशित: मंगलवार, २२ पुष २०७६, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा मंगलवार भागदौड मच्चिँदा ३२ जनाको मृत्यु भएको छ । 


गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर सुलेमानीको अन्त्यष्टिका क्रममा लाखौ मानिस सहभागी भएका थिए । 


केरमन शहरमा सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लिदा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । 


सोही शहरका बासिन्दा सुलेमानीको अन्त्येष्टीमा विभिन्न स्थानबाट मानिसहरु भाग लिन आएका थिए । 


पछिल्लो समय ईरान र अमेरिकाविच द्वन्द्व चलेपछि एक अर्काप्रति दुवै राष्ट्र आक्रमक बनेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex