काठमाडौं । इरानको सैन्य परेडमाथि बन्धुकधारीहरुले हमला गर्दा २५ जना मृत्यु भएको ईरानी सञ्चारमाध्यमहरुले जनाएको छ ।
इरानको दक्षिण–पश्चिम शहर अहवाजमा सो आक्रमण भएको हो । आक्रमणमा परि कयौ घाईते भएको छ ।
ईरानको समाचार एजेन्सीका अनुसार विहान साढे नौ बजेतिर चार जना हतियारधारीहरुले करिब १० मिनेट सम्म गोलावारी गरेका थिए ।
उनीहरुले सर्वसाधरणमाथि गोली चलाउँदै सैनिक मञ्चका अधिकारीहरुलाई निशाना बनाउन कोसिस गरेका थिए ।
हतियारधारीहरुले मञ्च नकिजै रहेको पार्कबाट आक्रमण गरेका थिए । ईरानी अधिकारीहरुका अनुसार आक्रमणकारीहरु मध्ये २ जनालाई प्रहरीको गोली ढले भने २ जनालाई समातेको छ ।
ईरानको रिभोल्युशनरी गार्डका प्रवक्ताले सो आक्रमण सुन्नी अलगवादीहरुले गरेको बताएको छ ।
Categorized in अन्तर्राष्ट्रिय