काठमाडौँ । स्वस्तिक टोल विकास संस्थाको आयोजनामा सोमावार इमाडोलमा संचालन गरेको स्वास्थ्य शिविरमा २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
शिविरमा वृद्धवृद्धा, बालबालिका, युवा आदिले नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गरेका थिए ।
महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले शिविरको उद्घाटन गरेर शिविर संचालन गरिएको थियो ।
स्थानीय पवन प्रकृति इङ्ग्लिस सेकेण्डरी स्कूलका प्रधानाध्यापक उत्तरकुमार राईले यस किसिमको स्वास्थ्य शिविरले आगामी दिनमा पनि स्थानीयहरुलाई स्वास्थ्य लाभ दिन सकिने बताएका थिए ।
स्वस्तिक टोल विकासका निर्वतमान अध्यक्ष लोकेन्द्र कार्कीले स्थानीय बासिन्दाको सामाजिक विकासका कार्यमा संस्था क्रियाशील रहेको जानकारी दिए ।
Categorized in स्वास्थ्य